Rule 43
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको काम, कर्तव्य र अधिकार
(१) माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) परीक्षा परिचालन सम्बन्धमा नीति निर्धारण गर्ने,
(ख) परीक्षा केन्द्र तोक्ने आधार निर्धारण गर्ने,
(ग) परीक्षा सञ्चालन गराउने,
(घ) परीक्षाको लागि रजिष्ट्रेशन, आवेदन फाराम तथा परीक्षा बापत लाग्ने शुल्क निर्धारण गर्ने,
(ङ) परीक्षा सम्बन्धी काममा संलग्न व्यक्तिहरुको पारिश्रमिक तथा भत्ता निर्धारण गर्ने,
(च) परीक्षाफल प्रकाशित गर्ने तथा उत्तीर्ण परीक्षार्थीलाई प्रमाणपत्र दिने
व्यवस्था गर्ने,
(छ) परीक्षा सम्बन्धी नियम उल्लंघन गर्ने शिक्षक तथा कर्मचारीलाई आवश्यक कारबाही गर्ने,
(ज) कुनै परीक्षा केन्द्रमा अनियमित कार्य भएमा आवश्यकता अनुसार परीक्षा बदर गरी पुन परीक्षा गराउने वा त्यस्तो परीक्षा केन्द्र बन्द गर्ने,
(झ)दैवी प्रकोप वा अन्य कुनै कारणबाट तोकिएको समयमा परीक्षा सञ्चालन गर्न वा परीक्षाफल प्रकाशित गर्न बाधा परेमा तुरुन्त आवश्यक निर्णय गर्ने,
(ञ) प्रधान परीक्षक, परीक्षक तथा प्रश्नपत्र निर्माताहरुको काम, कर्तव्य र अधिकार तोक्ने,
(ट) परीक्षाको परीक्षाफल प्रकाशित भएको छ महिना पछि नियमित प्रक्रिया अपनाई उत्तरपुस्तिका धुल्याउने ।
(२) परीक्षा समितिले उपनियम (१) बमोजिम आफूलाई प्राप्त अधिकार मध्ये आवश्यकतानुसार केही अधिकार उप–समिति वा कार्यटोली गठन गरी सो उप–समिति वा कार्यटोलीलाई वा कुनै अधिकारीलाई सुम्पन सक्नेछ ।